सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार ११:४३:४४
२ माघ, काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थियो । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरू यथावत् गर्दै सभा बोलाएको हो ।
कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, सभामा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
साथै, अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
पुष २८, २०८१ आइतबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार