घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १२:४६:२२
२ माघ, भोजपुर । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले मङ्गलबार उद्घाटन गर्दै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर खुला सांस्कृतिक सङ्ग्रालयका रूपमा विकास गर्न सकिने बताए । पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उनको भनाइ छ । सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिँडाउन चाहेको उनको भनाइ छ । पर्यटनको माध्यमबाट राज्यको जिडीपी बढाउन सकिने मन्त्री पाण्डले बताए ।
मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका–४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रदर्शनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार, संस्कृतिसँगै झाँकी प्रदर्शन गरिएको छ । महोत्सवमा जैविक (अग्र्यानिक) खानाका परिकार तथा प्रदर्शनी राखिएको छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीय परिकार रहेको आयोजकको भनाइ छ ।
कृषि, पर्यटन तथा स्थानीय संस्कार, संस्कृतिको विकास तथा प्रवर्द्धन गर्न मुन्दुम भ्रमण वर्षलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । “गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको छ”, उपाध्यक्ष राईले भने, “महोत्सवमार्फत यहाँका सम्भावनाको उजागरसँगै कृषि उत्पादनको बजारीकरणमा जोड दिएका छौँ । यसले यहाँको सम्पूर्ण क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको विकासका गतिविधि अघि बढाएको अध्यक्ष बस्नेतको भनाइ छ । “मुन्दुम भ्रमण वर्ष २०२५ लक्षित गरेर महोत्सवको सञ्चालन गरेका छौँ”, अध्यक्ष बस्नेतले भने, “महोत्सवको माध्यमबाट मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको जोड दिएका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
पुष २८, २०८१ आइतबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार