बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १६:६:४८
२ माघ, काठमाडौं । बुधबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा रोकिएको छ । आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता शेयर ६३ हजार ३७७ पटक खरिदबिक्री भए । ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४ को कारोबार भयो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक बढे भने बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो ।
कारोबारका हिसाबले सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३२ करोडको कारोबार भयो भने सुपर मादी हाइड्रोको करिब ३१ करोडको कारोबार भएको छ । बुधबार कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै घट्नेमा भने फाइनान्स उपसूचक अगाडि देखिएको छ । फाइनान्स कम्पानीका सेयर औसतमा साढे ३ प्रतिशतले घटेका छन् ।
बुधबार दोल्ती पावर र सुपर मादी जलविद्युत् कम्पनीको सेयर सकारात्मक सर्किटको स्तरमा कारोबार भए । त्यस्तै, न्यादी जलविद्युत्को सेयर भने १० प्रतिशतको नकारात्मक सर्किटमा कारोबार भयो । पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायत कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार