संवैधानिक इजलासबाट न्यायाधीश फुयाल बाहिरिएपछि ५२ जना पदाधिकारीको विवादमा सुनुवाइ भएन
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १६:४२:१६
२ माघ, काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीश हरिप्रसाद फुयाल बाहिरिएपछि आजका लागि पेशी तोकिएको संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइ फेरी सरेको छ । अब यो मुद्दा हेर्न अर्को संवैधानिक इजलास गठन गर्नुपर्नेछ । न्यायाधीश कुमार रेग्मीले यो रिट हेर्न नमिल्ने देखिएको छ । सुनुवाइका लागि अर्को पेसी माघ ३० गते तोकिएको छ ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासमा पेसी चढेको थियो । उक्त रिटमा सुनुवाइको पालो आएपछि न्यायाधीश हरिप्रसाद फुयालले आफूले हेर्न नमिल्ने भन्दै अलगिएको घोषणा गरेका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी विवाद ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ । २०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार