चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १६:४७:५२
२ माघ, झापा । जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न्यूनीकरण गर्न घर, विद्यालयलगायत भौतिक संरचना निर्माण गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिए । भूकम्पजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरुमा नै सतर्कता अपनाउनुपर्ने भन्दै उहाँले सर्तकता अपनाउँदा ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राखे ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भूकम्प नियन्त्रण गर्नु हाम्रो अधीन नभए पनि यसबाट हुने क्षतिलाई कम गर्न सजगता अपनाउनुपर्ने बताए । भूकम्पसहित अन्य प्राकृतिक विपद्बाट बच्न पूर्वतयारी तथा यससम्बन्धी सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भूकम्पको जोखिम न्यूनीकरणका लागि सचेतनासहित प्रचारप्रसार गरी यसबाट बच्ने उपायका बारेमा जनचेतना फैलाउन अपरिहार्य रहेको बताए । विगत ९० वर्षमा चार ठूला र हजारौँको सङ्ख्यामा भूकम्पका धक्का भोगिसकेको उल्लेख गर्दै उहाँले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी र घर तथा भौतिक संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नुपर्नेमा जोड दिए ।
भूकम्प सुरक्षा दिवसको अवसरमा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरीको आयोजना गरी कर्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि, शिक्षक विद्यार्थी, रेडक्रसलगायत स्थानीयको सहभागिता थियो ।
सङ्खुवासभामा पनि मनाइयो २७ औँ भूकम्प सुरक्षा दिवस
नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा आज २७ औँ राष्ट्रिय भूकम्प दिवस मनाइएको छ । सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा रेडक्रसका तर्फबाट भूकम्प आउँदा सुरक्षित कसरी हुने भन्नेबारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
खाँदबारी नगरपालिकाका अधिकृत खेमराज निरौलाले भूकम्पीय जोखिम न्यूनीकरणका बारेमा प्रस्तुति दिएको थियो । उनले भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबै लाग्नुपर्ने बताए । पूर्वतयारी, सुरक्षा विधि, आपत्कालीन सामग्रीको जोहो गर्नुपर्ने र खुला स्थानको पहिचान गरिरहनुपर्ने निरौलाले उल्लेख गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाद्वार भूकम्पका बारेमा तयार गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार