पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार ७:३७:१५
३ माघ, इस्लामावाद । पाकिस्तान र बंगलादेशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन । सैन्य सम्बन्धलाई अझ गहिरो बनाउन दुवै देशको सुरक्षा प्रमुखहरूबीच सम्झौता भएको छ बंगलादेशको सशस्त्र बल डिभिजनका प्रिन्सिपल स्टाफ अफिसर (पीएसओ) लेफ्टिनेन्ट जनरल एस.एम कमर उल हसनको पाकिस्तान भ्रमणका क्रममा यो सम्झौता भएको जनाइएको छ । उनले रावलपिण्डीस्थित जनरल हेडक्वार्टर (जीएचक्यू) मा सेना प्रमुख जनरल असिम मुनिरसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । सेनाका अनुसार भेटका क्रममा दुई पक्षबीच यस क्षेत्रको सुरक्षा चासो र द्विपक्षीय सैन्य सहयोग अभिवृद्धि गर्ने उपायहरूका बारेमा विस्तृत छलफल भएको थियो।
पाकिस्तानी सेनाका अनुसार दुबै देशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन । साथै दुई देशहरूबीचको स्थायी साझेदारी, बाह्य प्रभावहरु विरुद्ध प्रभावकारी हुनुपर्छ भन्नेमा पनि सहमत भएका छन । दुई देशबीचको यो सम्झौताले पाकिस्तान र बंगलादेशले आफ्नो सुरक्षा साझेदारीलाई मजबुत बनाउने तयारी गरिरहेको संकेत गरेको टिप्पणी गरिएको छ । दुई देशबीचको यो सम्झौता सुरक्षा र क्षेत्रीय स्थायित्वको दृष्टिकोणबाट महत्वपूर्ण हुनसक्ने जनाइएको छ ।
गत वर्ष अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार ढलेर मोहम्मद युनुस नियुक्त भएदेखि नै ढाका र इस्लामावादबीचको मित्रता गाढा हुँदै गएको देखिन्छ। भारतसँग टाढिँदै गएको बंगलादेश क्रमशः उसैसँग युद्धमार्फत छुटिएको पाकिस्तानसँग भने क्रमशः नजिक हुँदै गएको छ ।
सोही क्रममा गत डिसेम्बरमा कायरोमा भएको सम्मेलनमा दुवै देशका सरकार प्रमुखबीच उच्चस्तरीय भेटवार्ता भएको थियो । सो भेटवार्तामा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र युनुसबीच आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोग सुधार गर्ने सहमति भएको थियो । चाँडै नै पाकिस्तानका विदेश मन्त्री २४ वर्षपछि बंगलादेशको औपचारिक भ्रमणमा पनि जाँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार