सरकारविरुद्ध जाने कार्यक्रम नै नबनेपछि बिपक्षी दलको संयुक्त पत्रकार सम्मेलन स्थगित
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार ११:३२:११
३ माघ, काठमाडौं । सरकारविरुद्धका कार्यक्रम घोषणा गर्न विपक्षी दलहरूले राखेको पत्रकार सम्मेलन नहुने भएको छ । बुधबार बसेको विपक्षी दलको संयुक्त बैठकले सरकार स्वेच्छाचारी भएको भन्दै विरोधका कार्यक्रम बनाउने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्दै आएका विपक्षी दलले बनाएको कार्यदलले के के कार्यक्रम बनाउने भन्ने टुंगो लगाउन नसकेपछि पत्रकार सम्मेलन स्थगित भएको हो ।
कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन रोकिएको हो । अब शुक्रबार ३ बजे हुनेछ, विपक्षी दलका एक नेताले बताए । अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।
आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको थियो । बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो । तर, कुनै ड्रफ्ट नै बनेन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार