एप्पलका मालिकले कुम्भ मेला बारे लेखेको पत्र ६ करोड अमेरिकी डलरमा लिलामी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १२:१४:२५
३ माघ, काठमाडौं । एप्पलका सह संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ–२०२५ मा सहभागी हुन भारतमा छिन् ।
यसैबीच, स्टिभ जब्सले सन् १९७४ मा कुम्भ मेलाको सन्दर्भमा लेखेको पत्र अहिले चर्चाको विषय बनेको छ । यो पत्रमा जब्सले कुम्भ मेलाप्रति आफ्नो रुचि र भारत भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । यो हालै बोनहम्सले अमेरिकी डलर ५ लाख ३१२ 'लगभग ६ करोड ९५ लाख' मा लिलामी भएको छ ।
जब्सले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई आफ्नो १९ औं जन्मदिन फेब्रुअरी २३ मा यो पत्र लेखेका थिए । यो चिठी बाहिर आएपछि स्टिभ जब्सकी श्रीमती पावेल पतिको इच्छा पूरा गर्न महाकुम्भमा आएको जनाएकी छिन् ।
स्टिभ जब्सले पत्रमा लेखेका छन्, ‘म अहिले लस गाटोस र सान्ता क्रुजको बिचको पहाडमा एउटा फार्ममा बसिरहेको छु, म अप्रिलमा सुरु हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छु । म मार्चमा केहि समय जान्छु, यद्यपि अझै पक्का छैन।’ उनले पत्रको अन्त्यमा लेखेका छन् ‘ शान्ति, स्टिभ जब्स। जुन पत्र अहिले लिलामी भएको हो ।
स्टिभ जब्सकी पत्नी लरेन पावेल ४० सदस्यीय टोली लिएर प्रयागराज पुगेकी छन् । जब उनी महाकुम्भमा आइन्, उनका गुरु स्वामी कैलाशानन्दले उनलाई ‘कमला’ भन्ने नयाँ हिन्दू नाम दिएका छन । उनी ध्यान, क्रियायोग र प्राणायाम जस्ता आध्यात्मिक अभ्यासमा भाग लिदैँ आएकी छिन तर मकर संक्रान्तिमा ठूलो भीड हुने भएकाले एलर्जीका कारण उनले संगममा डुब्न सकिरहेकी भने छैनन् । उनको आगमनसँगै यो कार्यक्रमले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
गत १३ जनवरी २०२५ देखि सुरु भएको महाकुम्भमा हालसम्म ५ करोड १५ लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरिसकेका छन् । फेब्रुअरी २६ सम्म चल्ने उक्त कार्यक्रममा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैज्ञानिकहरूले गरे भारत दुई भागमा टुक्रिरहेको खुलासा
माघ ३, २०८१ बिहिबार
चीनले ५० अर्ब डलरको अमेरिकी टिकटक मस्कलाई बेच्दै
माघ १, २०८१ मंगलबार
अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार