पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १२:१६:२८
३ माघ, काठमाडौं । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रूपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ ।
पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला ९३२ हजार ६५८ किलो० बराबरको सुनखानी फेला पारेको जानकारी दिए ।
उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो ।
मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन । उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र यो प्रक्रिया सुरु हुनेसमेत बताए । यस सम्बन्धमा पाकिस्तानको भूगर्भ सर्वेक्षणले अटकका १२७ स्थानमा नमूना सङ्कलन गरेको थियो ।
उनले यो खोज पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने महत्वपूर्ण पाइला भएको र यसले देशलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै आगामी पुस्ताका लागि नयाँ अवसरको सम्भावना पनि सृजना गरेको बताए ।
यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रूपमा कमजोर छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। सुनको धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनुको प्रमाण पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार