गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १२:१६:५९
३ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ । कांग्रेसले गठबन्धन सरकारलाई प्रभावकारी र परिणाममुखी ढंगले अगाडि बढाउन मन्त्रीहरूलाई निर्देशन दिएको छ ।
सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकमा कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले आफ्नो मन्त्रालयले गरेको काम र आगामी रणनीतिबारे ब्रिफिङ गरेको खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन् ।
कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले पनि त्यसको विरोध गरिरहेका छन् । मन्त्रीहरूको बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा चौधरीले बताए । उनले भने, ‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यू ले पनि पोजेटिभ रूपमा लिनुपर्छ। हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन ।’
कांग्रेसले लिएका मन्त्रालयमार्फत जनतालाई डेलिभरी दिने गरी काम गर्न शीर्ष नेताले निर्देशन पनि दिएका छन् । अध्यादेशको विषय पनि बैठकमा छलफल भएको छ । कांग्रेस बैठकको निर्णय भने आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार