बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १२:५५:९
३ माघ, काठमाडौं । यस वर्षको वसन्त चाडको पहिलो दिन मंगलबार चिनियाँ रेलवेमार्फत १०.३९ मिलियन यात्रीले यात्रा गरेका छन् ।
जुन बसन्त चाडलाई चिनियाँहरू ‘चुन्युन’ भनेर मान्दछन् । चाइना स्टेट रेलवे समूह लिमिटेडका अनुसार बुधवार बिहान ८ः३० बजेसम्म रेल टिकट बुकिङ प्लेटफर्मका १२ हजार ३०६ काउन्टरबाट बसन्त चाडका लागि १२ करोड रेल टिकट बुकिङ भइसकेको छ । यो चाड मंगलबारबाट सुरू भएर ४० दिनको अवधिमा फेब्रुअरी २२ मा समाप्त हुनेछ ।
बुधबार यात्रा भीड अवधिको दोस्रो दिन देशभर ११ मिलियन रेलवे यात्राहरू हुने अपेक्षा गरिएको थियो । जसका लागि कम्पनीले बढ्दो माग पूरा गर्न थप ५५४ ट्रेनहरू सञ्चालन गरेको समेत थियो ।
बुधवार साङ्घाई, बेइजिङ, ग्वाङ्झाउ र सेन्जेनजस्ता प्रमुख सहरहरूमा यात्रुको चाप ठूलो भएको बताइएको छ। गत वर्ष डिसेम्बरमा युनेस्कोले वसन्त पर्वलाई आफ्नो अमूर्त सांस्कृतिक सम्पदा सूचीमा राखेपछि यो वर्ष चीनको पहिलो चुन्युन हो।
यस अबधिमा ५१० मिलियन भन्दा बढी यात्रु यात्राहरू देशको रेलवेद्वारा यात्रा गर्ने अपेक्षा गरिएको रेल्वे विभागले जनाएको छ । दैनिक औसत १२.७५ मिलियन यात्रीहरूले रेल यात्रा गर्नेछन भन्ने अपेक्षासहित व्यवस्था मिलाइएको छ ।
यो यात्रा २०२४ को तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको यातायात अधिकारीहरूले जनाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
सरकारले सातै प्रदेशमा पठायो एचपिभी खोप, माघ २२ देखि लगाइने
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार