रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १३:३२:५६
३ माघ, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताएका छन ।
बुधबार काठमाडौं जिल्ला अदालतमा सो पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा उनी विरुद्धमा बहस गरेको भन्दै अदालत परिसमा नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेको घटनाको बास्कोटाले निन्दा गरेका हुन ।
‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन, माइक टाइसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो’, सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेखेका छन ।
लामिछानेका अझै तीनवटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चाहर्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उनले प्रश्न गरेका छन । ‘अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ, कति काला कोट धुजा धुजा हुने हुन, टेलर्स, मिडिया, मेडिकल, मस्म, मकै सबै चल्ने भए, बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’ बाँस्कोटाले लेखेका छन ।
सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतले गत बिहीबार ६५ लाख रूपैँया धरौटीमा छाडेको थियो भने बुधबार मात्र काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैँया धरौटीमा छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार