सुप्रिम सहकारी ठगीमा रविसहित १४ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आज मुद्दा दर्ता हुने
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १३:३४:१३
३ माघ, बुटवल । पोखरा र काठमाडौं जिल्ला अदालतबाट फैसला आइसकेपछि बिहीबार रुपन्देहीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेसहित १४ जना विरुद्ध मुद्दा दर्ता हुने भएको छ । १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको जानकारी दिइएको छ ।
यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।
प्रहरीले गत शुक्रबार नै ४ सय पेज बढीका दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयई बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले मुद्दा दर्ताका लागि कागज रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता हुने बताए । बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
सरकारले सातै प्रदेशमा पठायो एचपिभी खोप, माघ २२ देखि लगाइने
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार