बेलायतमा कोइरालाले उठाए गोर्खा सैनिकदेखि ब्रिटिस एअरवेजको नेपालमा सिधा उडानसम्मका विषय
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १४:२५:३१
३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायत भ्रमणका क्रममा विभिन्न विषयहरू उठान गरेका छन् । उनले बेलायती अधिकारीसँग जलवायु परिवर्तनका असरदेखि ब्रिटिस एयरवेजलाई नेपालमा सिघा उडान गराउनुपर्ने सम्मका प्रस्ताव गरेका छन् । गोर्खा सैनिकका समस्याका विषयलाई पनि उनले बेलायती अधिकारीसमक्ष राखेका छन् ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बेलायतमा उनले बेलायतका विभिन्न नेता र उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् । यसक्रममा बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असरका विषयमा कुराकानी गरेका छन् ।
नेता कोइरालाले जलवायु परिवर्तनले नेपालमा हिमश्रृंखलाहरु नांगो हुँदै गएको र पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको कोइरालाले उल्लेख गरेका छन् । जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्, अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ ।’
यस्तै कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसँग आग्रह गरेका छन् । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ बताए ।
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिएका छन् । भेटका क्रममा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाएकी छन् । यस्तो कोइरालाले हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरी दुई देशमा सहयोग आदानप्रदान प्रस्ताव गरेका छन् ।
भेटमा नेताद्वयबीच नेपाल–बेलायत सम्बन्ध र आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको थियो । कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति पहल गरिदिन आग्रह गरेका थिए । उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार