बिहीबार ७ अंकले घट्यो बजार, नेप्से २५८८ मा बन्द हुँदा ५ अर्ब ९३ करोडमाथि भयो कारोबार
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १६:६:१०
३ माघ, काठमाडौं । शेयरबजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.३३ अंकले घटेर परिसूचक २५८८.६२ बिन्दु कायम भएको छ । बिहीबार २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ मा किनबेच भएको छ ।
बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्रको शेयर घटेको छ । साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् ।
कारोबारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । कारोबारमा बोटलर्स नेपाल बालाजु, वन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै पोखरा फाइनान्स कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका हिसाबले भने सिन्धु विकास बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ भने यसलाई एनआरएन र सानिमा मिडल तमोरले पछ्याएका छन् । सिन्धु विकास बैंकेको २८ करोड ५७ लाख २९ हजार ४४१ रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर कम्पनी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार