कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार २०:५६:५
३ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण मुलुक अग्रगमनतर्फ उन्मुख हुन नसकेको बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको धारणा राखे ।
राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो । कम्युनिष्टका नाममा राजनीति गर्नेले कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए । उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत बिचार समूहसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे । पार्टी उपाध्यक्ष गंगलाल तुलाधरले पार्टीले राष्ट्रिय राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । पार्टी सचिव एवं प्रदेश ईन्चार्ज सावित्रा भुसालले जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार