लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइदै, काठमाडौंबासीलाई आयो निम्तो
इन्द्र रिजाल
बैशाख २५, २०७६ बिहिबार ०:९:२९
काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।
‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीको सम्पदाको संरक्षण र प्रवद्र्धन गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले भ्रमण वर्ष अभियान ल्याइएको बताए । उनले यस वर्षको भ्रमण वर्ष अभियानमा आन्तरिक पर्यटन प्रवद्र्धन गरिने र त्यसैका आधारमा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याइने उल्लेख गरे ।
मुख्यमन्त्री पोखरेलले पर्यटन संस्कृतिको विकास गर्ने उद्देश्यले शुरु गरिएको अभियालने लुम्बिनी आसपासका सम्पदा तथा नजिकका गन्तव्यकोसँगै प्रवद्र्धन गरिने जानकारी दिए । “यो अभियान मात्र हैन, आफैमा ऐतिहासिक सम्पदाको स्थापित गर्ने राष्ट्रिय अभियान भएकाले सफलतापूर्वक सम्पन्न गर्न सबैको सक्रियता जरुरी छ,” उनले भने ।
प्रदेश नंं ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनीको आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको आकर्षण गरी उनीहरुको बसाइँ अवधि लम्ब्याउने उद्देश्यले आयोजित अभियानले सङ्घीय सरकारले घोषणा गरेको भ्रमण अभियानलाई सफल बनाउन महत्वपूर्ण आधार तयार गर्ने उल्लेख गरे ।
भ्रमणवर्ष प्रचारप्रसार उपसमितिका संयोजक एवम् राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं. ५ का प्रमुख भरत केसीले लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताए ।
लुम्बिनीमा आगामी जेठ ४ गते विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गर्नेछन् । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ आयोजित अभियानअन्तर्गत मायादेवी प्रसूति उत्सव, लम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा, योग तथा स्थानीय शिविर र स्थानीय उत्पादनको विक्रीकक्ष रहने आयोजकले जनाएको छ ।
भ्रमण वर्षलाई प्रभावकारी बनाउन मूख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति, कार्यकारी समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई आधार प्रशस्त गर्ने, पर्यटनमार्फत समृद्धि हासिल गर्न टेवा पुग्ने, लुम्बिनी आउने पर्यटकको बसाई अवधि लम्ब्याउने तथा गौतमबुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिको उद्गम स्थलका रुपमा प्रचारी गरी लुम्बिनीलाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने भ्रमण वर्षको उद्देश्य रहेको छ ।
यसबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा लुम्बिनी क्षेत्रको प्रचार भई महत्व र विकास बढ्नुका साथै लुम्बिनी आउने पर्यटक बढ्ने, स्थानीय व्यापार प्रोत्साहन र रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ । अभियानलाई प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष, लुम्बिनी भ्रमण वर्ष सचिवालय, स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरुको सहकार्य रहेको छ ।
काठमाडौंवासीलाई लुम्बिनी भ्रमणको निम्तो
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौं आइपुगेको छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो । बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गरिएको थियो ।
प्रदेश नं ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सिद्धार्थ होटल एशोसिएशन, नेपाल (सान) को नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी अभियान शुरु गरेको छ । आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान शुरु गरिएको रोड सो कार्यक्रमका संयोजक रवीन्द्र शर्मा घिमिरेले जानकारी दिए ।
लुम्बिनीको भैरहवाबाट शुरु गरिएको अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौं आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ । दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको कार्यक्रममा सांसद, पूर्वमन्त्री तथा काठमाडौंका पर्यटन व्यवसायी र लुम्बिनीबाट आएका व्यवसायीसहितको टोलीले लुम्बिनी भ्रमण गई अभियानलाई सफल पार्न आग्रह गरे ।
सो अवसरमा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौं आएको टोलीलाई स्वागत गर्दै राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने खाचो औंल्याए । उनले लुम्बिनी प्रवद्र्धनको विषय केवल लुम्बिनीवासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र सरोकारको विषय भएको उल्लेख गर्दै अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण वर्षको आयोजना गरिनु नेपाल भ्रमण वर्षलाई सफल बनाउने एक महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय अभियानका रुपमा सफल पार्नु सबैको दायित्व भएकाले सफल पार्न केन्द्र सरकार र सांसदलगायतको पूर्ण साथ सहयोग रहने बताए ।
प्रदेश नं ५ का प्रदेशसभा सांसद विष्णु पन्थीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन लुम्बिनीमा धेरै सङ्ख्यामा पर्यटक भित्र्याउने लक्ष्यका साथ अभियान चलाइएको बताए । पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।
अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै पूर्वमेचीसम्म लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ सडक प्रदर्शनी हुनेछ भने तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा गरिनेछ । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार