प्रहरीलाई थर्काएर काम लिन्छु भन्ने दिन गए : महानिरीक्षक खनाल
इन्द्र रिजाल
बैशाख २५, २०७६ बिहिबार १:२३:३
काभ्रेपलाञ्चोक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेल परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गर्दै प्रहरीलाई थर्काएर काम लिन्छु भन्ने दिन गएको उल्लेख गरेका छन् । उक्त अवसरमा उनले नवनिर्मित २ वटा व्यारेक भवन, हिरासत भवन, सिनियर प्रहरी अधिकृत आवास र मेसको उदघाटन गर्नुकासाथै उक्त भवनहरुको निरीक्षण समेत गरे ।
समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा योगदान पुर्यातउने सिर्नजी घिसिङ–ब्राइट जेभि काठमाडौंका प्रोप्राईटर उपेन्द्र कुमार घिसिङ, बनेपा नगरपालिकाका–८ का पुरुषोत्तम कायस्थ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरी, प्रहरी निरीक्षक दिपक कुमार राय, प्रहरी हवल्दार गंगा प्रसाद दंगाल, प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान कमल पुर्वछाने मगरलाई प्रशंसापत्र प्रदान गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि समाजले अहम भूमिका खेलिरहेको चर्चा गर्दै समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने तथा अपराध नियन्त्रण र अनुसन्धानको साथै कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउन समुदाय–प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयनमा ल्याएको बताए । सो अवधारणा अन्तर्गत आपराधिक क्रियाकलाप, महिला हिंसा, लागूऔषध दुर्व्यसन, साइबर अपराध, व्यक्तिगत सुरक्षा, सडक सुरक्षा लगायतका विषयहरुमा समाजका अगुवाहरुसँग समन्वय गर्दै अगाडि बढिरहेको उनले बताए । नेपालको मौलिक परिवेश, समाज, वातावरणको अध्ययन विश्लेैषण गरी अवधारणा ल्याइएको जनाउँदै उनले यसको प्रभावकारिता र हालसम्म प्राप्त उपलब्धिबारे प्रकाश पारे । अवधारणालाई संस्थागत रुपमा विकास गरिने उनले उल्लेख गरे ।
गलत क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरुलाई कारबाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनाल भने, मूलभूत रुपमा हामी पारदर्शी र नागरिकमैत्री हुन चाहन्छौं । सबै प्रहरी कर्मचारीहरुले कानुनी कठोरताकासाथ विवेकपूर्ण तरिकाले सेवा प्रदान गर्न उनले निर्देशन दिए । सुरक्षा सँगसँगै विकास निर्माणका काम पनि अगाडि बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले विकास निर्माणका काम कुनै पनि कारणले रोकिन नहुने भएकोले सबै सरोकारवाला निकायहरुले एकआपसमा समन्वय गर्दै जानुपर्नेमा जोड दिए।
समाजलाई प्रविधि तथा साधन स्रोतयुक्त बनाउँदै लैजानुपर्ने कुरामा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण र अनुसन्धान गर्नका लागि मात्र नभई विकास निर्माणमा बाधकतत्व पहिचान गर्नका लागि सिसिटिभी उपयोगी रहेको बताए । सरुवा बढुवा लगायत हरेक काममा संगठनले गति लिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको उत्कृष्ट कामको कारण हालै राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भएको उल्लेख गरे ।
समारोहमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवन पश्चाकत उत्कृष्ट सेवा प्रवाह गर्न थप उर्जा प्राप्त भएको विचार व्यक्त गरे ।
समारोहमा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सिनाले मन्तब्य व्यक्त गरेका थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले स्वागत मन्तब्य व्यक्त गरे । समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति, जिल्लास्थित नगरपालिकाका प्रमुखहरु तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी एवम् वरिष्ठ प्रहरी अधिकृत तथा जिल्ला मातहत कार्यालयका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरु कठोररुपमा प्रस्तुत हुनुपर्ने – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी कर्मचारीहरुले कठोरताका साथ कानून कार्यान्वयन गर्दै विवेकपूर्ण तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहत कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बुधबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
आर्थिक अनियमिततामा शून्य शहनशीलता अपनाउनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले संगठनले अंगिकार गरेको १० बुँदे प्राथमिकताहरुलाई अक्षरस कार्यान्वयन गर्न निर्देशन दिए । हाँसेर भन्दा पनि प्रहरीले नागरिक सामु उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै आफ्नो आचरण एवम् व्यवहारको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनले बताए । साथै प्रहरी महानिरीक्षक खनालले संगठन सुदृढिकरणको लागि सवै दर्जाका प्रहरी कर्मचारीहरुले आ–आफ्नो भूमिका उत्कृष्ट तरिकाले निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
सङ्घीय संरचनाअनुसार प्रहरीले त्यही अनुसारका कार्यक्रम अगाडि सारिसकेको र अहिले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न तीन÷तीन लाख रकम पठाइसकेको खनालले बताए । उनले स्थानीय सरकारसँग मिलेर शहरमा सिसिटिभी राख्ने काम शुरु भएको उल्लेख गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान गर्ने मात्रै नभई विकास निर्माणको काममा बाधक तत्वहरु के के छन् भनेर हेर्ने र कसले फोहर फाल्यो भन्नेसम्मको काम गर्ने भएकाले त्यस्तो काममा स्थानीय सरकार र प्रहरीसँगसँगै जानुपर्ने बताए । विकास निर्माणको काम कुनै पनि कारणले (गलत तत्वहरु आएर थर्काए भन्ने कारणले) रोकिन नहुने महानिरीक्षक खनालको भनाइ थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अबको युगमा प्रहरी बाटोको चोकमा बस्ने नभई डिजिटल प्रविधिको प्रयोग गरी कन्ट्रोल रुमबाटै शान्तिसुरक्षा व्यवस्थापनको निरीक्षण गर्ने काम गर्नुपर्ने बताए । उनले प्रहरीले हिरासतमा राखिएकालाई पनि सुधार्ने, सीपयुक्त बनाउने र चेतनामा परिवर्तन ल्याउनेमा अगाडि बढ्नुपर्ने बताए ।
उक्त समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेट तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा कूल ६ करोड ८४ लाख २० हजार ८ सय ३४ रुपैयाँ १७ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो । नयाँ भवनको ६ कोठामा एक÷एक टेलिभिजन राख्न नगरपालिकाले सहयोग गर्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय धुलिखेलको ब्यारेक भवन भूकम्पले भत्काएपछि सरकारको नियमित बजेट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुनर्निर्माण गरिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला
बैशाख २८, २०८१ शुक्रबार
कांग्रेसको नाराबाजीपछि १५ मिनेटका संसद बैठक स्थगित
बैशाख २८, २०८१ शुक्रबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
भैँसेगाउँका गुरुङ समुदाय 'घरबास' र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवर्द्धनमा जुटे
बैशाख २८, २०८१ शुक्रबार
दलहरुबीच सहमति नभई सभामुखले सुरु गरे संसद बैठक
बैशाख २८, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार