मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १७:०:१६
२८ वैशाख, काठमाडाैं । कैलाली कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्छिन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सुकदेवीले एक महिनादेखि मकै पोलेर बेच्न थालेकी हुन् ।
दैनिक मजदुरी गर्दा हुने भन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उनले मकै पोल्न थालेकी हुन् । “दिनभर मजदुरी गर्दा छ सय कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु”, उनले भनिन्, “काम नगरे घरको गुजारा हुँदैन । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ ।”
सोही शिविरमा बस्ने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त छन् । १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उनले बिक्री गर्छिन् । हाटबजारका दिन हाटबजारमा र अरु दिन बजारको चौराहमा पोलेको मकै बेचेर उनले छोराछोरीका लागि किताब कापी र पोशाक किनेको बताइन्।
“मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनुपर्छ”, उनले भनिन् “बालबालिकाको पढाइ खर्च पनि मकैबाट आम्दानी हुने आम्दानीले धानेकी छु । मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।”
सुकदेवी र जितरानी मात्रै होइनन् । सुकुम्बासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन् ।
पछिल्लो समय सिँचाइको सुविधा भएपछि किसान मकै खेतीमा आकर्षित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले मकैखेती विस्तारमा सहयोग गरेको छ ।
कार्यान्वयन इकाइले खाद्यान्न बालीअन्तर्गत मकैमा ६७ कृषक तथा समूहलाई मकै खेती विस्तारमा अनुदान दिएको छ । उनीहरुलाई १२ हेक्टर क्षेत्रफलमा बिज वृद्धि कार्यक्रम सञ्चालन गरिएको आयोजनाका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिइन् ।
किसानको मागका आधारमा मकै खेती विस्तारको काम बर्षेनि बढ्दै गएको कार्यान्वयन इकाइका आयोजना प्रमुख भरत कँडेलले जानकारी दिए । “विगतमा किसान मकैखेती थोरै गर्नुहुथ्यो । अहिले गहुँ खेती भित्र्याएपछि मकै खेती गर्ने गर्नुभएको छ”, उनले भने, “वर्षमा तीन पटक खेती गर्न थाल्नुभएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार