नेपाल वायुसेवाको चार्टड सेवाबाट प्रधानमन्त्री ओली पाँचौ विदेश भ्रमणमा जाँदै !
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार १२:५४:२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आज दक्षिणपूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा निस्कँदै छन्।
नेपाल वायुसेवाको चार्टड सेवाबाट ओली ११:२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन्। भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका ओलीको यो पाँचौ विदेश भ्रमण हो।
ओली दुई तिहाइको बहुमतसहितको सरकारको प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमणमा गएका थिए। त्यस लगत्तै उनी उत्तरी छिमेकी चीन, संयुक्त राष्ट्रसंघ र डाभोस फोरममा भाग लिन स्वीट्जरल्यान्ड गएका थिए।
के–के छन् कार्यक्रम ?
प्रधानमन्त्री ओली सुरुवातको ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियामा रहनेछन्। भियतनामबाट भ्रमणको सुरुवात गर्ने ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्धिपक्षीय वार्तासमेत गर्नेछन्।
परराष्ट्रमन्त्रालयका अनुसार उनले त्यहाँको संसद् ‘नेसनल एसेम्ली’का अध्यक्षसँग पनि भेट्नेछन्। ओलीको सम्मानमा भियतनामी प्रधानमन्त्रीले रात्रि भोजको आयोजना गर्नेछन्।
भ्रमणकै क्रममा ओलीले बुद्धको सम्मान र सम्झनामा आयोजना गरिने अन्तर्राष्ट्रिय बेशाक दिवसको सभालाई सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्रसंघले सन् २००० देखि यो दिवस यसवर्ष भियतनाममा मनाइँदैछ। त्यस्तै उनले होची मिन्ह राष्ट्रय राजनीतिक प्रतिष्ठान र नेपाल—भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्नेछन्।
भ्रमणकै बेला नेपाल–भियतनामबीच सिधा हवाइ उडान गर्ने सम्झौतामा हस्ताक्षर हुनेछ। यद्यपी, सन् २०१५ मै दुई देशबीच सिधा हवाइ उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको थियो। जसमा दुवै देशले सातामा १४ वटा उडान गर्न पाउने उल्लेख थियो। त्यसको कार्यान्वयन भने हुन सकेन।
भियतनामको भ्रमण सकेर ओली कम्बोडिएको भ्रमणमा जानेछन्। कम्बोडिया भ्रमणका क्रममा ओलीले समकक्षी हुन सनेसँग द्धिपक्षीय वार्ता गर्नेछन्। प्रधानमन्त्री हुन सेनले ओलीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।
त्यस्तै ओलीले कम्बोडियाको दुवै संसद्का अध्यक्षसँग भेटवार्तासमेत गर्नेछन्। ओलीले त्यहाँको एउटा व्यापारिक सम्मेलनलाई समेत सम्बोधन गर्ने छन्। प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा।राजन भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताए।
‘भियतनाम दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र हो,’ उनले भने, ‘नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा पनि कुराकानी हुुनका साथै मुलुकबीच सांस्कृतिक आदान–प्रदान हुन्छ।’
भट्टराईले लगानी भित्र्याउन र पर्यटन प्रवद्धनका लागि दुई मुलुकको भ्रमण महत्वपूर्ण हुने दाबी समेत गरे। ‘यो भ्रमण हाम्रा लागि महत्वपूर्ण छ,’ उनले भने, ‘दुवै देशमा बुद्ध धर्म मान्ने समुदाय धेरै भएकाले उनीहरुलाई नेपाल भ्रमणका लागि आकर्षण गर्न यो फलदायी पनि हुन्छ।’
जम्बो टोली
ओलीको भ्रमण दल ४२ सदस्यीय हुने भएको छ। ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा र वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी छन्।
त्यस्तै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ छन्।
भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत छन्।
त्यस्तै ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत छन्। ओली जेठ १ गते नेपाल फर्कने कार्यक्रम छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार