हेलम्बुमा देशकै लामो झोलुङ्गे पुल र विश्वकै दोस्रो अग्लो बञ्जी !
इन्द्र रिजाल
बैशाख २६, २०७६ शुक्रबार १:३:१७
काठमाडौं । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट सिन्धुपाल्चोकको हेलम्बुमा बञ्जी पूर्वाधार निर्माण कार्य शुरु भएको छ । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुल निर्माणको काम आगामी आर्थिक वर्ष २०७६/७७ देखि शुरु गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
डा. एन एल जोशी कन्सल्टेन्सीद्वारा तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार उक्त निर्माण कार्यका लागि रु ५ करोड ३९ लाख बजेट लाग्ने उल्लेख गरिएको छ । ठूलो बजेट भएकाले निर्माणको लागि ‘सस्पेन्सन वृज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताए ।
डिपीआर अनुसार बञ्जीको उचाई १७३ मिटर र झोलुङ्गे पुलको लम्बाइ ३७० मिटर लामो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल हालसम्मकै लामो हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाको इञ्जिीनियर शेरबहादुर राईले बताए । उनका अनुसार देशमा हाल २५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन ।
उक्त गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ दुई वटा गाउँलाई जोड्दछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने ५ घण्टा समयसमेत बचत भई मिनेटमा सीमित हुने इञ्जिीनियर राई बताउँछन् । सो स्थानमा बञ्जी तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सकिने अध्यक्ष शेर्पाले बताए ।
सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २२० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ । त्यसपछि १६० मिटर अग्लो सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ । अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढी उचाइको हुनेछ । संचालनमा आएपछि विश्वकै दोस्रो अग्लो बञ्जी हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार