विकसित र शक्तिशाली मुलुक अमेरीकामा २४ प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १९:५५:४६
काठमाडाैँ । पछिल्लो समयमा गरिएको एक सर्बेक्षणले वित्तीय साक्षरतामा नागरिकहरु पछि परेको तथ्य सार्वजनिक भएपछि अमेरीकी सरकारले वित्तीय साक्षरताको नीतिलाई जोड दिने भएको छ । अमेरिकाको झन्डै दुई तिहाई जनसंख्याले वित्तीय साक्षरतासम्बन्धी सामान्य प्रश्नको पनि जवाफ दिन नसक्ने एक अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार, उनीहरुलाई व्याजदरको सामान्य हिसाब पनि गर्न आउँदैन । फिन्रा फाउन्डेसनले गरेको नेशनल क्यापेबिलिटी स्टडीले यस्तो देखाएको हो । फिन्राले २७ हजार पाँच सय ६४ जना अमेरिकीहरुको टेस्ट लिएको थियो ।
हालै ठूलो वित्तीय संकट पार गरेको अमेरिकामा अझै पनि अफ्रिकी अमेरिकी जनता, महिला तथा केही पिछडीएका वर्ग लगायत केही जनसंख्याले उच्च शिक्षा नपाएका कारण उनीहरुमा वित्तीय साक्षरताको कमी भएको बताइएको छ ।
अध्ययनका अनुसार, अमेरिकाका ५७ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् । झन्डै एक चौथाई अमेरिकी परिवारको त बैंकमा बचत नै नरहेको पाइएको छ ।
अमेरिकाजस्तो विकसित र शक्तिशाली मुलुकमा समेत वित्तीय साक्षरताको यो अवस्था हुनुलाई एउटा ठूलो समस्याको रुपमा हेरिएको छ । यद्यपि, पछिल्लो समय यो अवस्थामा सुधार हुँदै गएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार