भारतमा छैठौँ चरणको निर्वाचनको प्रचारप्रसार बन्द, भोली मतदान !
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार १६:३५:४९
भारत । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत छैठौँ चरणको निर्वाचनका लागि शुक्रबारदेखि प्रचारप्रसार गर्न नपाइनेगरी मौन अवधि सुरु भएको छ ।
छैठौँ चरणको निर्वाचन यही मे १२ तारिखका दिन आइतबार हुने तय भएको छ । यस चरणमा ५९ ओटा निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी ‘भाजपा’का प्राज्ञ सिंह ठाकुरसहित ९६८ जनाको राजनीतिक फैसला हुने भएको छ ।
यस चरणमा उत्तर प्रदेशका १४, हरियानाका दश, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।
यसअघिको लोकसभा निर्वाचनमा यी ५९ सिट मध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ ।
यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ । सम्पूर्ण निर्वाचनको परिणाम यही मे २३ देखि सार्वजनिक हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार