सञ्चारमन्त्रीको बहिष्कार सहित नेपाल प्रेस युनियन आन्दोलनमा
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १६:१७:३२
काठमाडौँ । पत्रकारलाई थुन्ने निरंकुश कानूनी व्यवस्था गर्ने गरी संसदमा विधेयक दर्ता गरेको भन्दै पत्रकारले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकूल बास्कोटालाई बहिष्कार गर्ने भएका छन् ।
लोकतान्त्रिक पत्रकारको छाता संगठन नेपाल प्रेस युनियनले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री बास्कोटालाई बहिष्कार गर्ने निर्णय गरेको हो ।
प्रेस युनियनले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
यस्तो छ प्रेस युनियनको विज्ञप्ति
प्रेस विज्ञप्ति
मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आमसञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा गर्न खोजिएको ‘कु’ को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरि सार्वजनिक गरिएको छ ।
बैठकका निर्णयहरू
१। मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने सञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने ।
२ मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने । काठमाडौ उपत्यका भित्रका शाखाका सदस्यहरुले केन्द्रीय समितिको कार्यक्रममा सहभागिता जनाउने । काठमाडौ उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने ।
३ मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तक्र्रिया गर्ने । उपत्यका भित्रका शाखाहरुले केन्द्रीय समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने ।
४ मिडिया नियन्त्रण गर्न खोज्ने केपी ओली नेतृत्वको सरकारविरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने । काठमाडौ उपत्यकाको हकमा सबै शाखाहरुलाई केन्द्रीय समितिले दिउँसो २ बजे माइतिघरबाट आयोजना गर्ने बिरोध प्रदर्शनमा सहभागिहुन निर्देशन दिने । साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागी हुन अपिल गर्ने ।
५ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरूले गरेका सबै कार्यक्रमहरूमा सक्रिय सहभागिताको लागि देशभित्र र बाहिर रहेका सबै सदस्यहरूलाई निर्देशन गर्ने ।
अजयबाबु शिवाकोटी
महासचिव
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
समूहगत विभाजन नगरिएपछि पालो लिएर धारणा राखिरहेका छन एमालेका केन्द्रीय सदस्य
पुष २२, २०८१ सोमबार
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार