पत्रकार मिनाको दिनदहाडै गोली हानी हत्या
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १८:२३:२२
एजेन्सी । अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा दिनदहाडै गोली हानी हत्या गरिएको छ ।
अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् ।
मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर पत्ता लाग्न सकेको छैन ।
शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकारको भूमिका निभाइरहेकी उनी काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ ।
अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् ।
मंगलले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् ।
धम्की किन दिइयो भनेर स्पष्ट जानकारी नपाएपनि पुलिस प्रवक्ताले रोयटर्सलाई पारिवारिक कलहमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
उनको हत्या पछि अफगानको सोसल मिडियामा देशमा महिलामाथि हुने हिंसा कतिसम्म छ भनेर बहस गर्न थालेका छन् ।
‘एक महिलालाई दिनदहाडै हत्या गरिन्छ किनभने एक पुरुषले उनको हत्या गर्नुपर्छ भन्ने सोचे,’ वाहज्माले भनिन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार