राजधानीको प्रस्ताव नल्याए कांग्रेसले प्रदेश ३ संसद् अवरुद्ध गर्ने ।
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १८:५५:१७
हेटौंडा । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाए प्रदेश ३ को आजबाट सुरु हुन लागेको वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
प्रदेश नामांकन र स्थायी राजधानी तोक्न दबाव परे पनि प्रदेश ३ को संसदले अझै टुंग्याउन सकेको छैन । सत्तारुढ दल नेकपामै पनि राजधानी र प्रदेश नामांकनबारे सहमति जुट्न सकेको छैन ।
यसबारे मतान्तर कायम रहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले दबावस्वरुप संसद् अवरुद्धको तयारी गरेको हो ।
प्रतीपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँले प्रदेश नामांकन र राजधानीले अलमलको स्थिति सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाव दिन लागेको बताए ।
यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुङ्ग्याउने बताएको थियो । तर, बर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकताको १० औं नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
संसद् बैठक अहिले दिउँसो १ बजे बस्दै छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेश नामांकन र राजधानीबाहेकका ८ विषयले आजको बैठकमा प्रवेश पाउँदै छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार