आज महिला फ्रेन्चाईज ‘डब्लुसीएल’को ड्राफ्ट, लक्कि ड्र मार्फत खेलाडी छनोट !
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १६:३७:८
काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग ‘वुमन्स च्याम्पियन्स लिग’को खेलाडी बिक्री आज ‘मंगलबार’ हुदैछ । आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टले साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीको ड्राफ्ट गर्न लागेको हो । होटल साग्रिलामा हुने कार्यक्रम अपरान्ह ५ बजे सुरु हुनेछ ।
खेलाडीलाई चार समुहमा राखेर ड्राफ्ट गर्न लागिएको हो । आयोजकले डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री गरि चार समुहमा खेलाडी विभाजना गरेको छ ।
राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका वर्तमान टिमका सदस्यलाई डायमण्ड श्रेणीमा राखिएको छ । त्यस्तै रुबिजमा उमेर समुहका राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी समावेश छन् । सफायर्समा घरेलु टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई राखिएको छ ।
यस्तै ट्यालेन्ट हण्टबाट आउने खेलाडीलाई वाईल्ड कार्ड ईन्ट्रीमार्फत प्रतियोगितामा समावेश गरिनेछ । डायमण्डका लागि ७५ हजार, रुबिजका लागि ५० हजार, सफायर्सका लागि २५ हजार रुपैयाँ राखिएको छ । टिमका मालिकले लक्कि ड्र मार्फत प्राप्त गर्ने नम्बरका आधारमा खेलाडी छनोट गर्नेछन् ।
खेलाडीको संख्या थोरै भएकाले अक्सन नगरिएको आयोजक कम्पनीका प्रबन्ध निर्देशक छुम्मी लामाले बताए । ‘अक्सन गर्दा राम्रा खेलाडी सबै एउटै टिममा पर्ने सम्भावना रह्यो । खेलाडी समेत निकै थोरै भएका कारणले ड्राफ्टमार्फत वितरण गर्न लागेका हौ ।’ उनले भने ।
प्रतियोगिता खेल्नका लागि १ सय ७ जना खेलाडीले नाम दर्ता गराएका छन् । आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडी यसअघिनै सार्वजनिक गरिसकेको छ । पहिलो पटक आयोजना हुन लागेको महिला फ्रेन्चाईज लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्स टिम सहभागि छन् ।
सिर्जना जोशीको टिम ललितपुरका मार्की खेलाडी नेरी थापा रहेकी छिन् । यस्तै विनायक पोखरेलको टिम पोखराको मार्की खेलाडी सिता राना मगर, दिपा अग्रवालको टिम क्यापिटलको मार्की खेलाडी रुबिना क्षेत्रि, मिङमा टण्डु शेर्पाको टिम चितवनको मार्की खेलाडी इन्दु बर्मा र पारस लुनियाको टिम विराटनगरको मार्की खेलाडी सरिता मगर रहेकी छिन् ।
प्रतियोगिता असोज ३ गतेबाट ११ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने बताईएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार