बालुवाटार जग्गाको अनुसन्धान गर्ने डीएसपी सरुवा
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १८:५:४१
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।
त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।
स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए ।
ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।
सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नेुपर्ने एक उच्च प्रहरी अधिकारीले बताए । तीन महिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिए पनि एक महिनाभन्दा बढी बाँकी छ ।
अनुसन्धान निष्कर्ष नजिक पुग्नै लागेका बेला डीएसपी कटुवालको सरुवा भएको हो । ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा निर्णय आए पनि त्यसले केही फरक नपर्ने बताए । ‘‘सरुवाको कुरा आए पनि यहीं काम गरिरहनुभएको छ,” उनले भने । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनुसन्धान संस्थागत काम भएकाले व्यक्तिको सरुवाले असर नपार्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार