ओली सरकारले आम नागरिकको अधिकारलाई नियन्त्रण गर्न खोज्यो !
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार ३:८:२०
ओखलढुंगा । नेपाल प्रेस युनियन ओखलढुंगाले राष्ट्रिय सभा र संघिय संसदलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेयक र आम सञ्चार विधेयकमा उल्लेखित स्वतन्त्र पत्रकारितालाई बन्देज लगाउने खालको व्यवस्था खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
सरकारले बनाउन लागेका यि विधेयकमा साना लगानीका मिडियालाई निरुत्साहित गर्ने, पत्रकारले स्वतन्त्र पूर्वक खोज पत्रकारिता गर्न नपाउने, सरकार र सम्बन्धित पक्षको भक्त भएर समाचार सम्प्रेसण गर्न बाध्य बनाउने खालको व्यवस्था उन्मुख गरिएको छ ।
पत्रकारिताका क्रममा सामान्य कमजोरी भएकै भरमा १ करोड जरीवाना र १५ बर्ष सम्म कैद सजाय तोक्ने गरी विधेयक ल्याउनु स्वतन्त्र पत्रकारिता मात्र नभई आम नागरिकको अधिकारलाई सरकारले नियन्त्रण गर्न खोजेको प्रेस युनियनले निष्कर्ष निकालेको छ ।
यसका विरुद्धमा देशव्यापी विभिन्न चरणका आन्दोलन समेत तय गरेको र सोही कार्यक्रम अनुसार आज प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रिय सभा र संघिय संसदलाई ज्ञापन पत्र बुझाएको नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष जीवन शर्माले जानकारी दिए ।
सरकारको ल्याउन लागेको यो विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा परिमार्जन गर्न जोडदार माग गरिएको अध्यक्ष शर्माले बताए ।
सरकार तथा मन्त्री परिषद बाट जवरजस्ती पारित गराउन लागिएको उक्त विभेदकारी र प्रेस स्वतन्त्रता विरोधी विधेयक संसोधन नगरिए लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु एकाकार भएर आन्दोलनमा उत्रने ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाल प्रेस युनियनको ज्ञापनपत्र बुझ्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सरकारले बनाउने कानुनहरु सम्बन्धित पेशा व्यवसायलाई मयर्नदित बनाउने गरी ल्याउन खोजीएपनि कतिपय अवस्थामा उसैको प्रतिकुल हुने सम्भावना समेत रहने हुदा समयमै यसको खवरदारी गरी सुधारको बाटो अपनाउन सकिने बताए । उक्त ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने प्रतिवद्दता समेत व्यक्त गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार