एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार ३:१६:२३
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन् ।
एन्फा कार्यसमितिको आज बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उहाँलाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ ।
एन्फा विधानअनुसार चार उपाध्यक्षमध्ये एक वरिष्ठ तोक्ने प्रावधानअनुसार नेम्वाङ चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित वीरबहादुर खड्काले दाबी पेश गरेका थिए, तर बहुमतका आधारमा उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो ।
एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन । उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी वीरबहादुर खड्कासहित दुई केन्द्रीय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए ।
त्यसैगरी बैठकले यसै वर्षबाट जिल्ला लिग, प्रदेश लिग र एन्फा फ्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गर्नुका साथै आगामी वर्षबाट राष्ट्रिय लिगसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले भौतिक पूर्वाधार मर्मतसम्भार तथा निर्माण गर्न सङ्घका सदस्य, ४५ जिल्ला फुटबल सङ्घ तथा ए, बी र सी डिभिजन क्लबमा सम्भाव्यता अध्ययन गरी आगामी वर्ष कम्तिमा १० स्थानमा एकै पटक भौतिक पूर्वाधार मैदान निर्माण गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्न महासचिवको सहयोगीका रुपमा सातै प्रदेशमा संयोजक तोकेको छ ।
प्रदेश नं १ मा सहायक महासचिव वसन्त अर्याल, प्रदेश नं २ मा सहायक महासचिव मोहम्मद समिउल्लाह, प्रदेश नं ३ मा मोहनकुमार बस्नेत, गण्डकी प्रदेशमा सहायक महासविच विश्व पौडेल, प्रदेश नं ५ मा सहायक महासचिव प्रकाश पंगेनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रकाश विष्ट तथा केन्द्रीयस्तरको कार्यक्रमका लागि अरुणमान जोशीलाई जिम्मा दिइएको छ ।
बैठकले विसं २०७६ देखि सञ्चालनमा हुने एन्फा एकेडेमी बुटवल र धरानमा युवा खेलाडी समान २५–२५ जनालाई छनोट गरी प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार