भारतसँग आश्रित खलङ्गामा नेपाली बिजुली, आवश्यकता परे निर्यात समेत गरिने
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १९:५६:४६
काठमाडौं। दार्चुलाको सदरमुकाम खलङ्गामा विद्मुतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ। नेपाल विद्मुत प्राधिकरणले बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी बुधबारबाट संचालनमा ल्याएको हो। अब खलङ्गा नेपालकै विद्मुत प्रणालीमा आवद्ध भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याई आफ्नो उत्पादनबाटै विद्मुत आपूर्ति सुरु गर्नु ठूलो उपलब्धि भएको बताए।
अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्मुत आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्मुत ल्याउनु पर्दैन, त्यस क्षेत्रमा निर्माण भएका जलविद्मुत आयोजनाबाट उत्पादित विद्मुत आपूर्ति गर्छौं, जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरिय प्रयोग गर्न पाउने छन्’ उनले भने।
उनले आवश्यक परेका बेला खलङ्गाबाट भारततर्फ विद्मुत पठाउने बताए।
प्राधिकरणले खलङ्गामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत आयात गरिरहेको थियो।
प्राधिकरणले विद्मुत आयात गरेवापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रुपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो। खलङ्गा क्षेत्रमा करिब ८ हजार ग्राहक छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार