मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग
इन्द्र रिजाल
जेठ ३, २०७६ शुक्रबार १६:१५:३७
कास्की । मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।
गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी बालिकाका परिवारलाई निष्कोटकै सञ्जय पुन, नरबहादुर पुन र एलिसा पुनको सक्रियतामा अष्ट्रेलियामा सङ्कलन गरिएको रु चार लाख सात हजार ९१५ एलिसाका बुबा भवहादुर पुन र नरबहादुरकी श्रीमती पानकुमारी पुनले बिहीबार प्रदान गरेका हुन् ।
त्यस्तै लेकसाइडका सन्ध्या गुरुङबाट पनि रु एक लाख ३५ हजार पीडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएको थियो । बालिकाको बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।
मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरु छोरी बिरामी भएपछि उपचारमा लाग्नुपर्दा हालसम्म रु १३ लाख जति खर्च भइसकेको र अवस्था झन् दयनीय भएको बुबा वीरबहादुरले बताए ।
चिकित्सकको निगरानीमा रहनुपर्ने भएकाले उनीहरु लामो समयदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
उनको उपचारमा रु २३ लाख जति खर्च लाग्ने चिकित्सकले बताएको जनाउँदै फरिवारले सहयोगको याचना गरेका छन् ।
सहयोग गर्न इच्छुक व्यक्तिले मुत्तिनाथ विकास बैंकमा खोलिएको खाता नं ००५२१६००३६५१९००००००१ जम्मा गर्न सकिने बताइन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार