आणविक सम्झौतालाई बचाउन चीन र रूसको ‘ठोस पहल’ का लागि इरानको आग्रह
इन्द्र रिजाल
जेठ ३, २०७६ शनिबार १:२६:२७
एजेन्सी । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताए
उनले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन सक्ने चेतावनी उनले दिए । इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले थप चर्को रूप लिएको हो ।
बेइजिङ भ्रमणका क्रममा इरानी विदेशमन्त्री जरीफले आफूले चिनियाँ अधिकारीसँग “द्विपक्षीय सम्बन्ध तथा मध्यपूर्व क्षेत्रमा अहिले देखिएका ‘निकै खतरनाक बिषय’ बारे वार्ता गर्ने” बताउनुभएको इरानी विदेश मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको थियो ।
रणनीतिक हिसाबले विश्वकै महत्वपूर्ण जलमार्ग मध्यपूर्वमा इरानले साना तथा परम्परागत डुङ्गाहरूमा इरानले क्षेप्यास्त्रलाई तयारी अवस्थामा राखेको तस्वीर भेटिएको जनाउँदै वासिङ्टनले खाडी क्षेत्रमा धेरै सैन्य समूह तैनाद गरेको समाचारमा जनाइएको छ ।
अमेरिकी विदेश विभागले गत बुधबार इराकस्थित आफ्नो राजदूतावास तथा महाबाणिज्य दूतावासमा इरानी निर्देशनमा शिया लडाकूले आक्रमण गर्नसक्ने भन्दै कार्यालय खाली गरी धेरैजसो अधिकारीलाई अन्यत्र लग्न निर्देशन दिएको थियो ।
इरानले बिहीबार अमेरिकासँग वार्ता नगर्ने बताएको थियो तर उसले आफ्नो पक्षबाट ‘अधिकतम लचकता’ देखाएको बताएको थियो । मध्यपूर्वमा बढ्दो तनावबीच इरानी विदेशमन्त्री जरीफले अन्तर्राष्ट्रिय समुदायसँग ‘जोइन्ट कम्प्रेहेन्सिभ प्लान अफ एक्सन–२०१५’ नामक आणविक सम्झौतालाई जोगाउन आग्रह गरेका छन्।
सम्झौता चीन, रूस, जमर्नी, बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकासँग पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा गरिएको थियो । जसका कारण इरानमाथि त्यस पहिले लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धलाई विस्तारै सहज बनाउँदै लगिएको थियो ।
तर गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै यसबाट फिर्ता भएको घोषणा गरेका थिए । सम्झौताबाट फिर्ता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको प्रतिबन्धका साथै थप नयाँ प्रतिबन्धको समेत घोषणा गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाराको रामराजा क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार