किराँत समुदाय उभौली मनाउँदै, के हुन् त बुद्धका आठ मार्ग ?
इन्द्र रिजाल
जेठ ४, २०७६ शनिबार १४:६:२३
काठमाडौं । आज किराँत समुदायको उभौली चार्ड हर्षउल्लासका साथ मनाइँदै छ । यस्तै सनातन हिन्दु धर्मावलम्बीहरूमध्ये केहीले यसै दिन देवाली, गोठधुप पनि गर्दै आएका छन् । वैशाख शुक्ल पूर्णिमा सेरोफेरोमा काठमाडौं उपत्यकामा विभिन्न जात्रा चल्ने गर्छन्।
आज देशभर विविध कार्यक्रम आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको दिनको रूपमा यसको महत्त्व छ।
हालको लुम्बिनी क्षेत्रमा इसापूर्व ५६३ अर्थात् करिब दुई हजार ६०० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मेका थिए। सुरुमा उनको नाम सिद्धार्थ राखिएको थियो। उनी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए। ५ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि उनले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाए।
गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा
सम्यक् दृष्टि,
सम्यक् सङ्कल्प,
सम्यक् वचन,
सम्यक् कर्म,
सम्यक् जीविका,
सम्यक् व्यायाम,
सम्यक् स्मृति र
सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्।
यसैगरी पञ्चशीलमा
चोरी नगर्नु,
झुठो नबोल्नु,
यौन व्यभिचार नगर्नु,
मद्यपान नगर्नु र
हिंसा नगर्नु रहेका छन्।
बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ। बुद्ध जयन्तीका अवसरमा काठमाडौँको बौद्ध, स्वयम्भू, चारुमती विहार, लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानका बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्धवाणीसम्बन्धी प्रवचन, शोभायात्रा र शान्ति पदयात्रा निकालिँदै छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार