अष्ट्रेलिया निर्वाचन पूर्व प्रधानमन्त्री अबोट पराजित
इन्द्र रिजाल
जेठ ४, २०७६ आइतबार ४:५७:५०
एजेन्सी । अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ ।
आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने तर उक्त गठबन्धनलाई पनि बहुमत प्राप्त हुनेछ वा अल्पमतको सरकारको बनाउने अवस्था आउनेछ भनिहाल्न मिल्ने नदेखिएको एबीसीले राजनीतिक विष्लेशकहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।
मतदान सकिएसँगै शुरु भएको मतगणनाका कतिपय स्थानका परिणामहरू सार्वजनिक भएका छन् भने कतिपय स्थानमा मतगणना जारी रहेको छ ।
यसैबीच सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्व प्रधानमन्त्री टोनी अबोट यस निर्वाचनमा पराजित भएका छन् ।
अष्ट्रेलियाको पूर्व विदेशमन्त्री जुलिया बिशपले अबोटको पराजयको पुष्टि गर्दे नतिजाप्रति दुःख व्यक्त गर्दै भने, “मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेको छु ।”
पूर्व प्रधानमन्त्री अबोटको समलिङ्गी विवाह र जलवायु परिवर्तनबारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताए । यस बर्षको निर्वाचनमा एक करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका अष्ट्रेलियाली निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।
स्थानीय समय अनुसार शनिबार विहान ८ बजे निर्वाचन शुरू भै साँझ ६ बजेसम्म मतदान भएका थियो । निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारी अनुसार शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अष्ट्रेलियालीले मतदानमा भाग लिएका थिए । यो सङ्ख्या सन् २०१६ को मा ३२ लाख रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार