‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’
इन्द्र रिजाल
जेठ ४, २०७६ आइतबार ३:४५:२३
काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ ।
सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिए ।
आज महानगरीय प्रहरीवृत्त कालीमाटी र सामुदायिक फ्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धीको अन्तर्त्रियामा उहाँले समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिनेसमेत बताए।
समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र फ्रहरीबीच सहकार्य गर्ने विषयमा आजै चन्द्रागिरिमा समेत अन्तर्क्रिया कार्यत्रम सम्पन्न भएको छ । आजै गोंगबुमा समेत सामाजिक विकृति, विसङ्गति न्यूनीकरणसम्बन्धी कार्यक्रम गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार