पाकिस्तानको शेयर बजारमा १७ वर्षयताकै गिरावट
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १७:२०:१३
एजेन्सी । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर पाकिस्तानको शेयर बजारमा पनि देखिएको छ ।
गत शुक्रबार पाकिस्तानको शेयर सूचक ८ सय अकंले घटेको छ । बजारको उक्त गिरावट पछिल्लो १७ वर्षयताकै सबैभन्दा बढी भएको पाकिस्तानी समाचार संस्था डाउनले जनाएको छ ।
स्टक कम्पनीज एशोसिएसन अफ पाकिस्तान ईक्यापले पछिल्लो दुई दिनमा पाकिस्तानी मूल्य अवमूल्ययन बढ्दा शेयर बजार प्रभावित भएको भनेको छ । शुक्रबार ३३ हजार ९७१.१२ अकंमा खुलेको बजारमा ८०४.५० अकंको गिरावट आएको थियो । ईक्याप सूचक शुक्रबार २.४३ प्रतिशतले नकारात्मक बनेर ३३ हजार १६६.६२ मा बन्द भएको छ ।
बजारमा देखिएको उथलपुथलले इन्टर बैंक मार्केटमा ठूलो असर परेको बीबीसी हिन्दीले जनाएको छ । शुक्रबारसहित पछिल्लो दुई दिनमा पाकिस्तानी रुपैयाँको अवमूल्ययन ५ रुपैयाँ भन्दा बढीले गहिरीएको एक्सेचेन्ज कम्पनिज एशोसियशन अफ पाकिस्तान इक्यापले जनाएको छ ।
एक डलर बराबर पाकिस्तानी रुपैयाँ १४९ पुगेको छ। खुला बजारमा एक डलरको मूल्य १५१ पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ।
शेयर बजारको उथल–पुथल पिछ पाकिस्तानी प्रधानमन्त्री इमरान खानका वित्तिय मामिला सल्लाहकार डा.हफिज शेखले शेयर बजार कारोबारीसँग कराँचीमा भेट गरेका छन्। बजारका ठूला लगानीकतार्ले बजार सन्तुलनका लागि वित्तीय सल्लाहकार शेखसँग ‘मार्केट सपोर्ट फण्ड’ बनाउन आग्रह गरेका छन्।
वित्तीय सल्लाहकार शेख र सेयर लगानीकर्ताले पाकिस्तानको स्टेट बैंकका गभर्नर डाक्टर रजा बकिरसँग पनि भेट गरेका छन् । शेयर बजार डाउनफल रोक्न प्रधामन्त्रीका वित्तीय सल्लाहकार र लगानीकर्ताले सपोर्ट फण्ड, विनिमय दर र व्याजदरका विषयमा गर्भनरलाइ भनेको बताइएको छ । पाकिस्तान स्टेट बैंकले सोमबार आफ्नो मौद्रिक नीति घोषणा गर्दैछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
नेप्से परिसूचकमा ७८.१७ अंकको सुधार, ८ अर्ब १६ करोडका शेयर खरिदबिक्री
भदौ २७, २०८१ बिहिबार
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
भदौ २५, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार