भारतमा फेरि मोदीलाई भारी बहुमत !
इन्द्र रिजाल
जेठ ६, २०७६ सोमबार १६:५४:२७
काठमाडौं । भारतमा १७ औं लोकसभा अन्तर्गतको सबै चरणका मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि प्रकाशित गरिएका एक्जिट पोलहरुले नरेन्द्र मोदी नै दोस्रो पटक सत्तामा पुग्ने देखाएको छ ।
विभिन्न एक्जिट पोलहरुले मोदीको नेतृत्वमा रहेको गठबन्धनले नै सत्ता जोगाउन सक्ने गरी बहुमत ल्याउने देखाएको छ । ५ सय ४३ सदस्यीय लोकसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले पाँच अघिको निर्वाचनका तुलनामा केही स्थान घटाए पनि स्पष्ट बहुमत ल्याउन अनुमान गरिएको छ ।
आइतबार सातौं तथा अन्तिम चरणको मतदान सकियो । यो चरणमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान भयो ।
यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।यो चरणमा सबैभन्दा महत्वपूर्ण मानिएको वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका तर्फबाट उमेदवार छन् ।
उनको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गरेका छन् । भारतको निर्वाचनमा केन्द्रीय सरकार बनाउने गरी प्रभाव पार्ने मुख्य पाँच राज्य हुन् । तिनमा उत्तर प्रदेश–८०, महाराष्ट्र —४८, पश्चिम बंगाल–४२, बिहार–४० र तमिलनाडु–३९ सिट भएका क्षेत्र हुन् । मतपरिणाम मे २३ मा एकै पटक आउँदैछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार