मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १७:३०:२६
सिञ्जा । मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ ।
मुगु जिल्लाका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय बन्दै गएको छ ।
अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो ।
स्थानीयवासीको जीवनशैलीमा सुधारका लागि नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा गमगढी पतनञ्जलि योग समितिको सहकार्यमा नगरपालिकाका १ नं वडादेखि १४ वडासम्म रहेका सबै बस्तीमा बस्ने बासिन्दालाई योगमार्फत राष्ट्रभक्ति, स्वास्थ्यमा सुधार, सकारात्मक सोचाइ र भष्ट्राचारमुक्त समाज निर्माण गर्ने अभियानका साथ योगमय नगरपालिका बनाउन लागिरहेको नगर प्रमुख हरिजङ्ग शाहीले बताए ।
“बजारको खानपिन र अज्ञानका कारण मानिसहरु दिनप्रतिदिन अस्वस्थकर बन्दै गएकाले यो अभियान सञ्चालनमा ल्याइएको हो”, शाहीले भने, मानिसहरु कुनै पनि रोग लागिसकेपछि मात्र रोगको उपचार गर्न जान्छन् । रोग लाग्नुपूर्व नियमित योग गर्नुपर्छ, आनिबानीमा परिवर्तन गर्नुपर्छ ।”
नगरपालिकाका सबै बस्तीका मानिसको स्वस्थ जीवन बनाउनका लागि सबै बस्तीमा तीन दिनको योग शिविर सञ्चालन गरिएको मुगु जिल्ला पतञ्जलि योग समितिका अध्यक्ष जयबहादुर मल्लले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार