दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने झोलुङ्गे पुल निर्माण
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १७:४७:१७
गलकोट । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।
फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३१८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनीयर सागरराम नेपालले जानकारी दिए ।
रु एक करोड ५२ लाख ५५ हजार लागतमा डेढ वर्ष अगाडि निर्माण शुरु गरिएको उक्त पुल तोकिएको समयमै सम्पन्न भएको ठेकेदार कम्पनी सिभाको÷विएलटी जेभीका सञ्चालक तीर्खाराम खड्काले जानकारी दिए ।
पुल निर्माणपछि पर्वतको व्यापारिक केन्द्र फलेवास बजार र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई जोडिएको छ ।
बागलुङको दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाका धेरै गाउँको प्रमुख व्यापारिक केन्द्र फलेवास भएकाले त्यहाँसम्म पुग्नका लागि स्थानीयवासीलाई सहज भएको बिनामारेका स्थानीयवासी विजय पौडेलले बताए ।
पुलमा एकै पटक ६०० देखि ७०० मानिस धान्ने क्षमता
जैमिनी क्षेत्र तथा फलेवास क्षेत्र नगदेवाली तथा फलफूल खेतीको पकेट क्षेत्र भएकाले त्यसको बजारीकरणमा समेत पुलले राम्रो प्रभाव पार्ने स्थानीयको विश्वास छ ।
“बागलुङका जैदी, छिस्ती र बिनामारे तथा पर्वतको देवीस्थान, मुडीकुवा, कर्घालगायतका क्षेत्र फलफूल एवं तरकारीको बीउ उत्पादनका लागि प्रख्यात भएकाले त्यहाँको उत्पादनलाई बजारसम्म ल्याउन पुलले ठूलो महत्व दिन्छ” स्थानीयवासी पौडेलले भने ।
बागलुङ र पर्वतलाई जोड्ने लामो झुलुङ्गे पुलमा विनामारे–फलेवास दोस्रो हो । यसअघि कुश्मा–बलेवा जोड्ने झुलुङ्गे पुल निर्माण भएको थियो भने नेपालकै लामो पाङ अदुवाबारी हुँदै बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ‘५६७ मिटर’ पुल निर्माणाधीन छ ।
निर्माण सम्पन्न भएको उक्त पुलमा एकै पटक ६०० देखि ७०० मानिस धान्ने क्षमता रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार