देवघाट क्षेत्रमा २७ बिगाहभन्दा बढी ऐलानी जग्गा अतिक्रमण !
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १८:३८:१९
चितवन । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएका पौडेलले बताए । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका र बन्दै गरेका छन् ।
बुद्ध धर्मावलम्बीहरुको गुम्बादेखि विभिन्न जाति समुदायको २० भन्दा बढी कुल पूजास्थल निर्माण गरिएको पौडेलले बताए । त्यस क्षेत्रमा बनेका संरचना र खाली जमीन किनबेचसमेत हुने गरेको पौडेलको भनाइ छ । उनका अनुसार एक टुक्रा जग्गाको कागज गरेर रु पाँच लाखदेखि १० लाखसम्ममा कारोवार हुने गरेको छ ।
किन्ने र बेच्नेहरुले मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पौडेल बताउछन् । पौडेलले भने, “यहाँको ऐलानी जग्गामा मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने समेत गरेको पाइएको छ ।” उनी सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने र अन्यथा भविष्यमा देवघाटको पहिचान र महिमा लोप भएर जाने धारणा राखे ।
देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टङ्कनाथ पौडेल आफू अध्यक्ष रहँदा जग्गा अतिक्रमण रोक्न भरतपुर महानगरपालिकालाई पटकपटक पत्राचार गरेको भए पनि रोक्ने काम नभएको बताउछन्। ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै उनले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने भनाइ राखे ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले त्यहाँ जग्गा अतिक्रमण भएको विषयमा आफू प्रमुख भएपछि जानकारी नभएको भन्दै महानगर अतिक्रमण भएको जग्गाको खोजीमा लागिरहेको बताए । त्यहाँको अवस्थाका बारेमा वडा कार्यालयमार्फत बुझ्ने प्रमुख दाहालको भनाइ छ ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु पौडेलले तीन वर्षअघि गरिएको सर्वेक्षणमा जिल्लामा अतिक्रमण भएका एक हजार ६८८ हेक्टर जमीनमध्ये देवघाटमा १७ दशमलव ७९ हेक्टर जमीन अतिक्रमण भएको बताए । सो क्षेत्रमा विसं २०३० यता अतिक्रमण हुँदै आएको छ ।
यसअघि पटकपटक सो क्षेत्र खाली गर्न प्रयास गरेको भए पनि चाडपर्व, बर्सातको समय, निर्वाचनलगायतका नाममा खाली गर्न नसकिएको पौडेलको भनाइ छ । स्थानीय तह, प्रशासन, राजनीतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग रहेमा अतिक्रमित क्षेत्र खाली गर्न सकिने पौडेलले बताए ।
देवघाट क्षेत्रको विकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरी काम भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नुपर्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे बताउछन् ।
धार्मिक हिसाबले निकै महत्वपूर्ण देवघाटको विकासका लागि निकै धेरै क्षेत्र आवश्यक पर्ने भन्दै उनले जग्गाको अभावमा काममा अवरोध पुग्ने भएकाले ऐलानी जग्गाको सुरक्षामा लाग्नुपर्ने बताए । देवघाट क्षेत्रमा हुने मेला महोत्सवमा ठूलो सङ्ख्यामा तीर्थालु भक्तजनहरु आउने गर्दछन् ।
चितवनतर्फको भाग अतिक्रमित संरचनाले भरिएसँगै मेला महोत्सव व्यवस्थापनमा समेत कठिनाइ हुने गरेको घिमिरेको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार