रामपुरका ज्येष्ठ नागरिकले सेवासुविधा नपाएको गुनासो
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार २२:२८:२७
पाल्पा । राज्यले उपलब्ध गराएको सेवासुविधा सहजरुपमा उपभोग गर्न नपाएको पाल्पाका ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।
सरकारले ज्येष्ठ नागरिक ऐन २०६३ जारी गरी विभिन्न सेवासुविधा उपलब्ध गराउने भनिए पनि यहाँका ज्येष्ठ नागरिकले त्यस्तो सेवासुविधा सहज रुपमा उपभोग गर्न नपाएको गुनासो गरेका हुन् ।
सार्वजनिक यातायातमा ५० प्रतिशत छुट, सवारी साधनमा आरक्षण सिट, कानूनी क्षेत्र, मुद्दा मामिला, अस्पताल, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, सहकारी क्षेत्र लगायतका विभिन्न क्षेत्रमा सेवा लिन पुगेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिनुपर्ने ऐनमा उल्लेख भए पनि यहाँका ज्येष्ठ नागरिकले त्यसको उपभोग गर्न सकेका छैनन् ।
रामपुर नगरपालिका–५ मटेरीका ७२ वर्षीय ठाकुरप्रसाद भट्टराईले राज्यले दिने सेवासुविधा अहिलेसम्म उपभोग गर्न नपाएको बताउछन् । उनले राज्यले विभिन्न सेवासुबिधा दिने भनेपछि २०७४ साल चैत २५ गते रामपुर नगरपालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र लिए तर अहिलेसम्म सो परिचयपत्रका आधारमा कुनै पनि स्थानमा सेवा लिन नपाएको बताए ।
“गोजीमा ज्येष्ठ नागरिक परिचयपत्र बोकेर हिँड्छु, अहिलेसम्म कुनै सेवासुविधा पाएको छैन, सार्वजनिक यातायातमा ५० प्रतिशत छुट, औषधि उपचारमा सहज सेवा पाइन्छ भने पनि सुविधाको कुनै अनुभूति आफूले गर्न पाएको छैन”, उनले भने ।
त्यस्तै रामपुर नगरपालिका–४ का ६५ वर्षीय पूर्णबहादुर खाँणले सार्वजनिक निकायमा सेवा लिन जाँदा सहुलियत सेवा पाउनुका सट्टा दिनभर युवायुवतीसंगै लाइन लागेर सेवा लिनुपर्ने बाध्यता कायमै रहेको बताए । “सार्वजनिक क्षेत्रमा नै ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा विभेद गरिएको छ, सवारी साधनमा आरक्षण कोटा छुट्टयाइएको भन्छन् तर कहिल्यै पनि त्यो सेवा सुविधा पाइँदैन,” उनको गुनासो छ ।
राज्यले तोकेका सेवासुविधा हरेक क्षेत्रमा ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुपर्ने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए ।
“नगरपालिका र वडा कार्यालयहरुमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, अर्यालले भने । रामपुर नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालयमा ज्येष्ठताका आधारमा सेवा प्रवाह गर्न अनुरोध गरिएको पनि उनले बताए ।
ज्येष्ठ नागरिकका लागि राज्यले तोकेअनुसारको सेवासुविधा सार्वजनिक यातायातमा दिइरहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले दाबी गरेका छन् । सम्बन्धित निकायले ज्येष्ठ नागरिकको सेवासुविधा दिइरहेको दाबी गरे पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन् । यसतर्फ सरकार, सम्बन्धित निकाय र सरोकारवाला सबै पक्ष संवेदनशील हुनुपर्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
समूहगत विभाजन नगरिएपछि पालो लिएर धारणा राखिरहेका छन एमालेका केन्द्रीय सदस्य
पुष २२, २०८१ सोमबार