अवैध सुन भित्र्याएकाे आरोपमा घलेबिरुद्ध साढे १७ करोडको मुद्दा, ३ बर्ष कैद
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार १६:४६:४२
काठमाडौं। राजश्व अनुसन्धान विभागले सुनमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा शेर ग्याल्वो घलेबिरुद्ध अदालतमा मुद्दा हालेको छ।
विभागले चोरी पैठारी गरी घलेले सात केजी सुन ल्याएर राजश्व चुहावट गरेको आरोपमा रसुवा जिल्ला अदालतमा मुद्दा हालेको हो। यसको विगो सात करोड ११ लाख ७६ हजार रुपैयाँ कायम गरिएको छ।
रसुवागढीबाट स्याफ्रुतर्फ आउदैगरेको ना६ख ९०६८ नम्वरको कन्टेनर डिब्बामा विना विल विजक लुकाएर राखेको अवस्थामा ७ केजी सुन बरामद भएको थियो। प्रहरीले बरामद गरेको सुन घलेले आयात प्रज्ञापनपत्र तथा भन्सार तिरेको रसिद निस्सा दाखिला गर्न नसकेको आरोप लगाइएको छ।
सुन ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ बराबरको छ। उनले त्यो सुन चिनबाट खरिद गर्न सोही रकम बराबरको विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि भएको विभागको ठहर छ।
विभागले उनलाई तीन बर्ष कैद हुने दावी पनि प्रस्तुत गरेकोछ । विगो र जरिवानासहित गरि उनलाई १७ करोड ७९ लाख ४० हजार भराउनु पर्ने माग पनि विभागको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार