म्यान्मारमा अर्को वर्ष संसदको चुनाव
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार १७:४५:५१
एजेन्सी । म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गरेका छन् ।
निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको राम्रोसँग व्यवस्था गर्न तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचन क्षेत्रहरुको सीमा निर्धारण गर्न आग्रह गरे ।
राष्ट्रपति मिन्टले निर्वाचनसँग सम्बन्धित अपराध रोक्न तथा मतगणना उपयुक्त तरिकाबाट गरी निर्वाचन परिणाम घोषणा व्यवस्थित रुपमा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको निर्वाचन आयोगले जनाएको छ ।
आङ सान सूकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ ले सन् २०१५ मा भएको आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्याएको थियो । संविधान बमोजिम एनएलडीले सन् २०१६ को अप्रिल १ देखि म्यान्मारको सत्ता सम्हालेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार