मुक्तिनाथ विकास बैंकले दियो ३५ थान कुर्सी, स्थानीय निकायसँग सहकार्य गर्न तयार
इन्द्र रिजाल
जेठ ८, २०७६ बिहिबार २:३४:२४
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम बजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क., विशेष अतिथि मुक्तिनाथ विकास बैंक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको संयुक्त उपस्थितीमा कुर्सी वितरण गरेको हो ।
उक्त संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैँकको प्रगतीको कामना सहित जेष्ठ नागरिकको आशिष र कामना सहित धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमासामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचय पत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार