कतार विश्वकपमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १८:५८:१९
एजेन्सी । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो ।
उक्त बैठकले विश्वकपमा कतारसंगै एक सह(आयोजक राष्ट्र थप्ने निर्णय गरेको थियो । तर, फिफाले गल्फ राष्ट्रबीच पछिल्लो समय घटेको राजनीतिक द्वन्दको कारण आयोजक राष्ट्र थप्न नसकिने हुँदा ४८ देश सहभागी गराउन मुश्किल हुने निस्कर्ष निकालेको जनाएको छ ।
फिफाको पछिल्लो निर्णयसंगै २२ औं संस्करणको विश्वकप कतारमा मात्र र ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ ।
कतार विश्वकप जाडो मौषममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो । फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो ।
तर, फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
एएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार