सडक बालबालिकाको फुटबल फेस्टिभल शुक्रबारबाट सुरु
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ९, २०७६ शुक्रबार ०:४९:४७
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । सडक बालबालिकाको फुटबल फेस्टिभल शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक सेल्टर आश्रय नेपालले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको फेस्टिभल शुक्रबार सुरुबाट हुने जनाएको हो ।
चार दिने फेस्टिभल मंगलबारसम्म चल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) र एएफसीको सहयोगमा हुने फेस्टिभलमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १६ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिए ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने फेस्टिभलमा पुरुषतर्फ १० र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । सहभागी दुवै टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ । खेल ३० मिनेटको हुनेछ ।
महिलातर्फ सेल्फ हेल्प नेपाल, थ्री एन्जल्स पोखरा, नेपाल चिल्ड्रेन अर्गनाइजेसन, आशा बालगृह चितवन, लाइट हाउस फाउन्डेसन र सांग्रिला नेपालले सहभागिता जनाउने छन् ।
यस्तै पुरुषतर्फ सेल्टर आश्रय, सेल्फ हेल्प नेपाल, थ्री एन्जल्स पोखरा, नेपाल चिल्ड्रेन अर्गनाइजेसन, आशा बालगृह चितवन, लाइट हाउस फाउन्डेसन, साथी चिल्ड्रेन, पुलिस पब्लिक क्याम्पेन,खुसि नेपाल र सांग्रिला नेपाल रहेका छन् ।
फेस्टिभलको विजेता पुरुष र महिला टिमले मलेसियाको भ्रमण गर्नेछन् । जहाँ मलेसियाको यू-१७ टिमसंग मैत्रीपूर्ण खेल र अभ्यास खेलहरु खेल्ने छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
कांग्रेस पदाधिकारी बैठक बस्दै
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
असार १७, २०८१ सोमबार