नेपाली बैंकमा थपियो २ खर्ब रुपैयाँ
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार १५:१९:४९
काठमाडौं । चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्र्ब ९ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी १ खर्ब ४१ अर्र्ब ६ करोड रुपैयाँ थियो ।
त्यस यता चार वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा १ खर्ब ६० अर्र्ब ३ करोड रुपैयाँ थपिएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजीको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ४७ अर्र्ब ६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकहरूको चुक्ता पुँजी २ खर्ब ८२ अर्र्ब ५ करोड रुपैयाँ पुगेको थियो । त्यस अवधिमा वाणिज्य बैंकहरूको २ खर्ब ३१ अर्र्ब ५ करोड रुपैयाँ, विकास बैंकहरूको ३८ अर्र्ब रुपैयाँ तथा वित्तीय कम्पनीको १३ अर्र्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७२ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी ९८ अर्र्ब ३ करोड रुपैयाँ थियो । चार वर्षको अवधिमा वाणिज्य बैंकको पुँजी १ खर्ब ४९ अर्र्ब ३ करोड रुपैयाँ बढेको छ ।
त्यस्तै, विकास बैंकहरूको चुक्ता पुँजी ३९ अर्र्ब ९ करोड रुपैयाँ तथा वित्त कम्पनीहरूको चुक्ता पुँजी १४ अर्र्ब ४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आठ गुणाले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा बढी लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धिभन्दा कर्जा विस्तार बढी भएकाले लगानीयोग्य साधनमा दबाब कायमै रहेको जनाएको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएकाले वित्तीय स्थायित्व प्रभावित हुन सक्ने जोखिम रहेको राष्ट्र बैंकले सो समीक्षामा भनेको छ ।
चैतमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १० दशमलव १ प्रतिशतले बढेको थियो । निजी क्षेत्रमा प्रवाहित कर्जा १६ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव ९ प्रतिशतले बढेको थियो ।
त्यस्तै, बैंकहरूको खराब कर्जाको मात्रा पनि बढेको देखिएको छ अहिले आक्रमक रणनीतिले ऋण विस्तार उच्च छ । २०७४ असारमा खराब ऋण १६ अर्ब थियो । २०७५ असारमा पनि १६ अर्ब नै थियो । तर, २०७५ को चैतसम्म आइपुग्दा बढेर २१ अर्ब पुगेको देखिएको छ । यस अवधिमा बैंकहरूको लगानी २४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । २०७४ असारसम्म बैंक ऋण १७ खर्ब ३६ अर्ब थियो । #राजधानी दैनिक
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार