बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार १६:३७:५३
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो ।
गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी एक लाख आठ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरेर अहिले खोनपानी वितरण गरिएको छ ।
एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए । गोर्खा भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मङ्ग्रातीले बताए ।
गाउँमा खानेपानीको स्रोत नभएपछि वर्षाको समयमा आकाशे पानी तथा हिउँदमा दुई घण्टासम्म लगाएर पानी खोज्न जानुपर्ने बाध्यता हटेको स्थानीय अप्सरा बसेलले बताए ।
सुनकोशीबाट ५०० मिटरको उचाइमा लिफ्टबाट त्यस क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।–
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार