किन बढायो राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा ? [विवरणसहित]
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार २२:३५:४
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ । बैकंले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक सर्कुलर जारी गर्दै अब मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरेको बताएको छ । यो सीमा यस अघि १५ हजारमात्रै राखिएको थियो । साथै, कारोबारको विल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी(जम्मा गर्न पाइने छैन । यसको सीमा यस अघि ५० हजारसम्म मात्रैको थियो ।
राष्ट्र बैंक भुक्तानी प्रणााली विभागका प्रमुख देवकुमार ढकालका अनुसार अर्को तर्फ मोबाइल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसै अनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यो सीमा यस अघि १ लाखमात्रै थियो । तर, मासिक रुपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन ।
सो सर्कुलरका अनुसार इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यो सीमा यसअघि एकलाख रुपैयाँसम्म मात्रै थियो । तर, मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइने छैन ।
अब प्रिपेड कार्डबाट नेपाल भित्र मासिक रूपमा जतिसुकै नगद भिक्न सकिने भएको छ । ग्राहकले प्रतिकारोबार न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म प्रिपेड कार्डबाट नगद झिक्न सक्छन् । तर, यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको चाहना अनुसार नगद झिक्न सक्ने अधिकतम सीमा निर्धारण गर्न बाधा पुग्ने छैन ।
यसैगरी, क्रेडिट कार्डबाट नगद झिक्ने सीमालाई घटाएर स्वीकृत सीमा रकमको १० प्रतिशत राखेको छ । राष्ट्र बैंकले गरेको सर्कुलरको पूर्ण पाठ यस्तो छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार